नक्कली कागजात बनाई ट्रायल दिइरहेको अवस्थामा दुईजना पक्राउ

निरन्तर न्यूज
२ पुष २०७६, बुधबार १४:२१

काठमाडौँ । नक्कली कागजात बनाई फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिइरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाको टोलीले दुईजनाले पक्राउ गरेको छ ।

काठमाडौँको चन्द्रागीरि नगरपालिका गुर्जुधारामा रहेको भेईकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला पशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको छ ।

त्यसैगरि नक्कली नागरिकता बनाउन प्रयोग गरीने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता पमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय बाँके भएको छाप एक थान पनि बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए ।

त्यसैगरि यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरीने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरको एप्लीकेन्ट आइडी को फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्टाम्प प्याड २ थान, रातो लेख्ने कलम १, फोटो टाँस्न प्रयोग हुने गम २ थान र कैची १ थान समेत बरामद गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*