कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

निरन्तर न्यूज
२ पुष २०७६, बुधबार १३:१७

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–५ मा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रु गोरखा घर भइ विष्णुमति बस्ने ४२ वर्षीया लीला देवकोटा रहेका प्रहरीले जनाएको छ ।

उनलाई महाराजगञ्जतर्फ जाँदै गरेको बा १५ च ६१२३ नम्बरको कारले ठक्कर दिएको थियो । घटना लगत्तै उपचारका लागि न्यूरो अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।

प्रहरीका अनुसार ठक्कर दिने कार चालक २१ वर्षीय पृथ्वी मल्लसहित कारमा सवार २० वर्षीय करिश मास्के दुई युवती लिएर शुक्रबार साँझ शिवपुरी नजिकैको डाँडागाउँ गएका थिए ।

मल्लविरुद्ध सवारी ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*