गाडी अनियन्त्रित भई पल्टिँदा पौडेलको मृत्यु

निरन्तर न्यूज
२ पुष २०७६, बुधबार १२:४३

चितवन । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको उक्त गाडीले रोकी राखेको बा ५५ प ७४१४ नं को मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई नालिमा पल्टिँएको थियो ।

दुर्घटनामा परी गाडीमा सवार पौडेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको हो । सो गाडीका चालक र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही राति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् । चित्रसारीबाट सौराहातर्फ जाँदै गरेको ना ६ प ३९४५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नराखिएको नयाँ मोटरसाइकलले ठक्कर दिँदा ३९४५ नं को मोटरसाइकलका चालक घाइते भएका हुन।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*