सुनको मूल्य बढ्यो, तोलाको कति ?

निरन्तर न्यूज
२ पुष २०७६, बुधबार ११:२४

काठमाडौँ । साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार एक सय रुपैयाँले बढेर ७१ हजार ६ सय रुपौयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*