ट्र्याक्टसहित २ जना पक्राउ

निरन्तर न्यूज
१ पुष २०७६, मंगलवार १७:०७

वीरगञ्ज । अवैध रुपमा उत्खन्न गरी ल्याउँदै गरेको बालुवा लोड गरिएका दुई वटा ट्र्याक्टसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ट्र्याक्टर चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने २८ वर्षीय मुन्ना साह सोनार र २५ वर्षीय हाकिम देवान रहेका छन्।

पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित भेडाहा खोलाबाट अवैध रुपमा उत्खनन् गरि बालुवा ल्याउँदै गरेको अवस्थामा दुबै जनालाई ना।६ त ७९०४ र ना।५ त ६५४३ नम्बरको ट्याक्टरसहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुबै जनालाई ट्र्याक्टरसहित आवश्यक अनुसान्धानका लागि जिल्ला समन्वय समिति पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*