सेयर बजारमा सामान्य सुधार

निरन्तर न्यूज
१ पुष २०७६, मंगलवार १५:५२

काठमाडौं । साताको पहिलो र दोस्रो दिन गिरावट आएको सेयर बजारमा तेस्रो दिन सामान्य सुधार भएको छ । सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार १ दशमलब २६ अंकले बढेर १ हजार १ सय ५५ दशमलब ३७ अंकमा पुगेको हो । नेप्सेमा सुधार आउँदा सेन्सिटिभ इन्डेक्स्ट भने शून्य दशमलब २४ अंकले घटेर २ सय ५३ दशमलब २८ अंकमा पुगेको छ ।

यस दिन बजारमा १ सय ६७ कम्पनीका ८ लाख ४० हजार ६ सय ७७ कित्ता सेयर २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँमा कारोबार भए ।

नेप्सेमा सुधार आएको दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये आठ समूह उकालो लागे भने चार समूह ओरालो लागे । यस दिन जीवनबिमा समूह सर्वाधिक ४६ दशमलब ५८ अंकले उकालो लाग्यो भने होटल समूह सर्वाधिक १२ दशमलब ७५ अंकले ओरालो लाग्यो ।

साताको तेस्रो दिन बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ३ करोड ४६ लाख २८ हजार ६ सय ४३ रुपैयाँमा कारोबार भएको हो ।
बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९ दशमलब ६८ प्रतिशत सेयर मूल्य कमाए, त्यसैगरी, दिव्येश्वरी हाइड्रोपावरका लगाानीकर्ताले सर्वाधिक ६ दशमलब ८९ प्रतिशत सेयर मूल्य गुमाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*