शौचालयमा लडेर एक जनाको मृत्यु

निरन्तर न्यूज
१ पुष २०७६, मंगलवार १२:२६

कैलाली । धनगढी उपमहानगरपालिका–३ स्थित केदारटोलमा सोमबार राति शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । केदारटोलमा बस्ने जगतबहादुर बमका ३१ वर्षीय छोरा रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

सोमबार राति शौचालय गएका बम लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालयको ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला पारेको र उपचारका लागि धनगढीकै मायामेट्रो अस्पताल ल्याएकामा मृत भनी उपचारमा संलग्न चिकित्सकले बताएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

मृतक बमको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*