आज सुनचाँदीको मूल्य बढ्यो

निरन्तर न्यूज
१ पुष २०७६, मंगलवार ११:५६

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार र सोमबार स्थिर मूल्यमा कारोबार भएको सुनचाँदीको मूल्य आज वृद्धि भएको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । आजको लागि छापावाला सुन प्रतितोला ७१ हजार ५०० र तेजावी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार र सोमबार प्रतितोला ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*