दुर्घटना न्यूनीकरणमा सबै निकायकाे प्रयास जरुरी : मुख्यमन्त्री

निरन्तर न्यूज
३० मंसिर २०७६, सोमबार २०:५६

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सवारी दुर्घटना बढेको भन्दै सराेकारवालाहरुस‌ग छलफल गर्नुभएकाे छ । दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि मुख्यमन्त्री पौडेलले सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिहरुसङ्ग छलफल गर्नुभएको हाे । छलफलका क्रममा उहाले दुर्घटना न्यूनीकरणका लागि अधिकतम प्रयास गर्न निर्देशन दिनुभयो । सवारी दुर्घटना न्यूनीकरण गर्न सबै निकायको प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।छ्लफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सवारी दुर्घटनाको कारण खोजेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला सवारी साधन दुर्घटनामा धेरै कारक तत्व हुने भएको यसलाई सुधार गर्दै अगाडि बढ्ने बताउनुभयो । यस्तै हेटौंडा उपमहानगरपालीकाका मेयर हरिबहादुर महतले नगरमा पार्किङ ब्यबस्थापनका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको भनाई राख्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यलयका सचीव मधुसूदन बुर्लाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, ३ नम्बर प्रदेश प्रहरी कार्यलय हेटौंडाका प्रमुख डिआईजी शेरबहादुर बस्नेत, ३ नम्बर प्रदेश ट्राफिक प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह , यातायात पुर्वाधार कार्यलयका शाखा प्रमुख ध्रुब फुयाललगायत सहभगी रहेकाे थियाे ।

दुर्घटना तथा सवारी दुर्घटनामा तीन पाङ्ग्रे सवारी तथा पार्किङ् ब्यबस्थापन, पुराना सवारी साधन ब्यबस्थापन, रुट परमिटलगायत अन्य बिषयमा छलफल भएको थियो ।प्रदेशमा यो महिनामा हाल ५६ जनाको मृत्यु भएको थियो ।३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा बढी चितवनमा र क्रमशः सिन्धुपाल्चोक धादिङ मकवानपुरमा बढि सवारी दुर्घटनामा भएको छ ।

छलफलमा सावरी दुर्घटना न्यूनीकरण र ब्यबस्थापन चुस्त बनाउन ५ सदस्यीय समिति गठन गरिएको छ । भौतिक पुर्वाधार मन्त्रालयका यातायात ब्वबस्था निर्देशक सहदेब भण्डारीको संयोजकत्वमा हेटौंडा उपमहानगर, प्रहरी कार्यालय, यातायात कार्यालयहरुको प्रतिनिधिहरु रहने गरि समिति निर्माण गरिएको हो । समितिलाई सात दिन लागू गर्न सक्ने प्रतिबेदन तयार गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*