धनगढीले दियो विराटनगरलाई ११८ रनको लक्ष्य
काठमाडौँ । पोखरा प्रिमिएर लिग (पीपीएल) क्रिकेट अन्तर्गत धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्यटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो ।
विराटनगरका लागि कमल सिंह ऐरीले २६, मन्था विजारत्ने २५, रोड्रिगो थोमसले १६, सोरभ खनालले १२ तथा मन्जित श्रेष्ठले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अकं छुन सकेनन् ।
विराटनगरका लागि शाहब आलमले ३, नोमन खानले २ तथा किश्वोर महतो, पुनित मेहेरा र जयद आलमले समान १–१ विकेट हात परे । विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ।