‌स्थायी समितिमा ओली र प्रचण्डको आत्मसमीक्षा (पूर्णपाठ)

निरन्तर न्यूज
२९ मंसिर २०७६, आईतवार २०:१८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को स्थायी समिति बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ‍ओलीले ११ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आइतबार दिउँसो बसेको बैठकमा अध्यक्षद्वयले आत्मसमीक्षासहितको प्रतिवेदन पेश गरेका हुन्।

‘सकारात्मक कामहरूको साकारात्मक रुपमै जनसमुदायमा प्रचार र स्थापित गर्ने तथा नकारात्मक एवम् कमिकमजोरीका पक्षलाई खलस्तरुपमा स्वीकार गर्ने, तिनबाट शिक्षा लिने र सच्च्याउने तथ्यमा नै कम्युनिष्ट पार्टीको अपराजयेता एवम् निरन्तर औचित्य पुष्टीको रहस्य लुकेको हुन्छ,’ प्रतिवेदनमा भनिएको छ,’पाटी एकतालाई सदृढ गर्ने तथा पार्टी र सरकारका कामहरूलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने कुरा, आफ्ना कामका सकारात्मक र नकारात्मक पक्षहरूको वस्तवादी समीक्षा गर्ने प्रश्नसग जोडिएको हुन्छ।’

दुबै अध्यक्षको हस्ताक्षरसहित पेश गरिएको प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछिको स्थिति, सरकारको समीक्षा लगायतका विभिन्न ७ वटा उपशिर्षक रहेका छन्। जसमा आगामी कार्ययोजनादेखि २०७७ सालमा पार्टीको महाअधिवेशन गर्नेसम्मका कुराहरु समावेश गरिएको छ। अन्नपूर्ण पाेष्टबाट

हेर्नुस्, पूर्णपाठ :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*