हेटौंडा भेट्रान्स कप ‘८’ ‘ए’ साइड राष्ट्रिय फुटबल पुस २ गतेदेखी शुरु
हेटौंडा। हेटौंडामा पाँचौ हेटौंडा भेट्रान्स कप ‘८’ ‘ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
यहि पुस २ गतेदेखी ५ गतेसम्म हेटौंडा उपमहानगरपालिका-४ स्थित हुप्रचौरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब र सिमरा भेट्रान्स खेल्ने भएका छन् । उद्घाटन खेल पुस २ गते बिहान १० बजे सुरु हुने हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।
प्रतियोगितामा हेटौंडा भेट्रान्स रातो, हेटौंडा भेट्रान्स निलो गरि मकवानपुरका २ वटा टिमहरुको सहभागिता रहेको छ ।
त्यसैगरी, सानो गौचरण नाईट किङ्ग क्लब, टुसाल भेट्रान्स, बौद्ध, भनिमण्डल भेट्रान्स, बगर भाइ खलक सुपर भेट्रान्स, अमर सिंह युवा क्लब, विरगंज युथ एकेडेमी, चितवन भेट्रान्स निलो, सिमरा भेट्रान्स रहेको छ ।
त्यस्तै, कोल्बी भेट्रान्स, कैलाली भेट्रान्स, जोरपाटी भेट्रान्स, बगर भाई क्लब, चितवन भेट्रान्स निलो र बानेश्वर फुटबल क्लबको सहभागिता रहेको छ ।
कुल १० लाख ३६ हजार ६ सय ६६ रुपैयाँको लागतमा संचालन हुन लागेको प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।
त्यसैगरी, उत्कृष्ट खेलाडीलाई २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याचलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा नवराज बज्राचार्य उपाध्यक्ष, ज्ञानु क्षेत्री सचिव, रमेश उप्रेती कोषाध्यक्ष तथा सदस्यहरु वाशुलाल श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।