हेटौंडामा पुष १० देखि विपी कप फुटबलको दोश्रो संस्करण
हेटौंडा । हेटौंडामा आउँदाे पुष १० गतेदेखि विपी कप फुटबल प्रतियाेगिताकाे दोश्रो संस्करण हुने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति, मकवानपुरको आयोजनामा हुन लागेकाे प्रतियोगितामा सहभागी हुन निः शुल्क टिम दर्ताको व्यवस्था गरिएको छ । टिम दर्ता गर्ने अवधि पुष ८ गते दिउँसो ३ बजेसम्म रहेकाे पत्रकार सम्मेलन आयाेजना गरि जानकारी गराइएकाे हाे ।
प्रतियोगितामा एक टिममा १४ खेलाडी, एक व्यवस्थापक, एक प्रशिक्षक गरि जम्मा १६ जना समावेश गराउन पाईने प्रतियाेगिताका संयोजक प्रदिप कँडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
९ ए साईडको आधारमा खेलाईने प्रतियोगिताको खेल तालिका र स्थान टाईसिटबाट जानकारी गराईने समेत संयोजक कँडेलले जानकारी दिए ।
१६ गतेसम्म संचालन हुने प्रतियोगितामा २८ वटा स्थानिय टिमहरुले मात्र टिम दर्ता गराउन पाउनुका साथै खेल सम्पन्न गर्न कुल ७ लाख २० हजार रुपैयाँ लागत लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार नगदसहित शिल्ड, मेडल, प्रमाण–पत्र पाउनेछन् भने उपविजेता हुने टिमले २५ हजार नगदसहित शिल्ड, मेडल, प्रमाण–पत्र पाउनेछन् ।
पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सबिन भट्टाचार्य, नेपाली काँग्रेस मकवानपु खेलकुद विभागका सुनिल दाहाल, तरुण नेताहरु सन्जय श्रेष्ठ, युवराज भ्लाेन, शिव नारायण श्रेष्ठ लगायत खेलकुद संघका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।