सिन्धुपाल्चोकमा बस दुर्घटना, १४ को मृत्यु

निरन्तर न्यूज
२९ मंसिर २०७६, आईतवार ११:२१

सिन्धुपाल्चोकको सुनकोशी –७ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरीका अनुसार दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ८:३० बजे खाँडिचौर– जिरी सडक खण्डको ६ किलोमा सडकबाट ५०० मिटर तल खसेको हो।

उक्त बस कालिञ्चोकबाट फर्कने यात्रुहरुले रिजर्भ गरेको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिएका छन्।

घाइतेमध्ये ६ जनालाई काठमाडौं पठाइएको र बाँकीको सिन्धु सदाबहादर अस्पताल, खाँडिचौरमा उपचार भइरहेको पनि खनालले बताए। उनका अनुसार अहिलेसम्म मृतक कसैको पनि सनाखत भइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*