सुजाता काेइराला हेटाैँडामा, जिपि काेइराला फाउन्डेशनकाे जिल्ला कार्यालय उद्घाटन
हेटौंडा। जिपि कोइराला फाउन्डेसन मकवानपुरको आयोजनामा शनिबार नेपालका पूर्व प्रधानमन्त्री एवम् प्रजातान्त्रिक योद्धा स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जीवनमा आधारित `प्रजातन्त्रका लागी अपहरण´ नामक बृत्तचित्र हेटौडामा प्रर्दशन भएको छ ।
साथै फाउन्डेशनको जिल्ला कार्यालयको उदघाट्न केन्द्रिय अध्यक्ष पूर्व परराष्ट्र मन्त्री एवं संघीय संसद सुजाता कोइरालाले गर्नुभएकाे छ । पंडितहरुबाट मन्त्र उच्चारणका साथ स्वर्गीय गिरीजा प्रसाद काेइरालाकाे तश्विरमा माल्यार्पण गरि कार्यालयकाे उद्घाटन गरिएकाे थियाे ।
नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि बि सं २०३० मा बिमान अपहरण गर्दाका घटना र गीरिजा प्रसाद कोइरालाले प्रजातन्त्रको लडाँइमा ब्यहोरेको कुरालाई आज स्मरण गरिएकाे थियाे छ । कार्यालय उद्घाटन कार्यक्रममा काेइराला सहित फाउन्डेशनका नेताहरु रिता खनाल, रामचन्द्र अर्याल माइकल, विष्णु लामिछाने, प्रदिप काेइराला, हेटाैँडा उपमहानगर ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल सहित जिल्लाका यूवा नेताहरु भिमसेन महत, ईश्वर पाठक, इन्दिरा न्याैपाने, अन्जना उपाध्याय लगायतकाे सहभागिता रहेकाे थियाे।
फाउन्डेशनका सचिव रामहरी तिमल्सिनाले सन्चालन गर्नुभएकाे कार्यक्रममा फाउन्डेशनका जिल्ला संयाेजक नारायण लम्सालकाे सभाध्यक्षतामा भएकाे थियाे ।