राष्ट्रसेवक सहकारी संस्था मकवानपुरकाे साधारण सभा सम्पन्न

निरन्तर न्यूज
२८ मंसिर २०७६, शनिबार २०:०३

हेटौंडा । राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेटाैँडा २ मकवानपुरकाे २० औँ वार्षिक साधारण सभा आज शनिवार सम्पन्न भएकाे छ ।

साधारसभाको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको लगानीलाई उत्पादन क्षेत्रमा लगाउन सकेमा देशमा छिट्टै समृद्धि आउने वताउनुभयो ।

विभिन्न क्षेत्रका व्यक्तिहरु सहकारीमा आवद्ध रहेकाे हुनाले सवै क्षेत्रकाे संकलित रकमकाे सहि ढंगले सदुपयाेग गर्न सके जनस्तरमा सहकारीकाे माध्यमबाट लाभ पुग्ने मुख्यमन्त्री पाैडेलले बताउनुभयाे ।

कार्यक्रममा प्रधानमन्त्रीका कानूनि सल्लाहकार बाबुराम दाहाल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सहकारी विभागका इन्चार्ज लेखनाथ कोइराला, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष वद्री लम्साल,  कर्मचारी संगठनका नेतृत्व विष्णु अर्याल,  सहदेव आचार्य  लगायतकाकाे आतिथ्यता रहेकाे थियो ।

साधारण सभा सहकारीका संस्थाका अध्यक्ष यादबिन्द्र पौडेलको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*