जानकी मन्दिर सौन्दर्यीकरणको गुरुयोजनाबारे सर्वपक्षीय छलफल

निरन्तर न्यूज
२८ मंसिर २०७६, शनिबार ०९:२३

जनकपुरधाम । जानकी मन्दिरको सौन्दर्यीकरणका लागि वृहत गुरुयोजना निर्माण गर्ने सम्बन्धमा प्रदेश सरकारले आज सर्वपक्षिय छलफल सम्पन्न गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको विशेष सक्रियतामा जानकी मन्दिर प्राङ्गणमा सम्पन्न सर्वपक्षीय छलफलले जानकी मन्दिरको धार्मिक सांस्कृतिक महत्वलाई थप सशक्त बनाउनुका साथै धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले वृहत गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ ।

जानकी मन्दिरमा जारी सौन्दर्यीकरणलाई तीन महिना भित्र सम्पन्न गर्दै थप सौन्दर्यीकरणको लागि तेलहा मरहा, विवाह मण्डप सहितको वृहत गुरु योजना निर्माण गर्ने र सोको लागी प्रदेश सरकार, जानकी मन्दिर, जनकपुर उपमहानगरपालिका र पुरात्वविभागको संयुक्त प्राविधिक टोली निर्माण गरिने भएको छ । सो टोलीलाई आवश्यक परे भारतीय साँस्कृतिक प्राविधिकको समेत सहयोग लिन सक्ने निर्णय भएको । सर्व पक्षिय बैठकमा मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा सवारी साधान आवागमन पूर्ण रुपले रोक्ने तथा जानकी मन्दिर परिसरको सुरक्षाको लागी यथाशिघ्र प्रहरी परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्देशन समेत दिनु भएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको अध्यक्षतामा भएको उक्त बैठकमा प्रथम प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेता राम चन्द्र मण्डल, प्रदेश सभा सदस्य सावित्री देवी साह, नगर प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुय सचिव राम कृष्ण सुवेदी, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*