धनुषामा बम विस्फोट : प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु

निरन्तर न्यूज
२८ मंसिर २०७६, शनिबार ०८:५४

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ।

कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोट हुँदा घरधनी राजेश साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा परेर गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिए।

प्रहरी निरीक्षक अमिर दाहाल । तस्बिर सौजन्य : सञ्जय शाह

निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्राप्त सूचना अनुसार नजिकैको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीबाट सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए। तर, सुरक्षाकर्मीहरु घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ । घटनामा घरधनी राजेशकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छ्न्। घाइते तीनै जनाको धनुषामा उपचार सम्भव नभएपछि बीपी प्रतिस्ठान धरानमा उपचार भइरहेको छ।  प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

उपचाररत प्रहरी जवान रिजनाथ कुमार महतो। तस्बिर : रत्न आचार्य

मनिका झाले तश्विर सहित अन्नपूर्ण पाेष्टमा लेख्नुभएकाे खबर लिइएकाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*