फास्ट ट्रयाकमा काटिए २७ हजार रूख, सेना भन्छ- अब रोप्छौं पनि

निरन्तर न्यूज
२७ मंसिर २०७६, शुक्रबार १३:१९

राजदमार (मकवानपुर) । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई÷मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) मा २७ हजार ६९ रूख काटिएको छ।

सडक निर्माणका लागि आवश्यक पर्ने रूखहरू काट्ने काम तत्कालका लागि सकिएको सेनाले बताएको छ।

सेनाका अनुसार फास्ट ट्रयाक बनाउदा ३८ हजार ६ सय ६८ रुख काट्नुपर्छ।

‘यो सडक निर्माणमा मार्ग क्षेत्रमा पर्ने रूख जम्मा ३८ हजार ६ सय ६४ हो । हामी आउँदा वन पातलै देखिरहेका थियौं,’ द्रुत मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख प्रमुख सेनानी विश्ववन्धु पहाडीले भने ‘तत्कालका लागि नकाटी नहुने रुख २७ हजार ६९ हो। त्यो रूखचाहिँ काटिसक्यौं। बाँकी ११ हजार १ सयचाहिँ अहिले काट्नु परेन।’

सुरूङ निर्माणलगायतका अन्य कामहरू अरू थप रूख काट्नपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

सडकको मार्गधिकार ुराइट अफ वेुअन्तर्गत तराई क्षेत्रमा सय र पहाडी भेगमा ५० मिटर सम्मको रुख काट्नु पर्ने र त्यही अनुसार वन मन्त्रालयसँग स्वीकृति लिइएको पहाडीले बताए।

सडक निर्माणका क्रममा काटिएको रुखहरू गिडेर सम्बन्धित निकायलाई जिम्मा लगाइएको सेनाले जनाएको छ।

वन मन्त्रालयमातहत रहेको रूख काटिएमा जिल्ला वन कार्यालय र सामुदायिक वन मातहतको रूख काटेमा सामुदायिक बनलाई नै काठ बुझाइन्छ।

सेना र वन कार्यालयको प्रतिनिधि रोहबरमा काठ हस्तान्तरण हुने पहाडीले बताए।

वातावरणीय मापदण्डअनुसार एउटा रूख काटेपछि २५ रूख रोप्नुपर्छ।

सेनाले अहिले राजदमार र निजगढ दुई ठाउँमा गरी झन्डै डेढ लाख विरूवा उत्पादन गरिरहेको छ। यसअघि सेनाले कोल्वी नगरपालिकामा ५ हजार विरूवा रोपेको छ।

बिरूवा उत्पादनसँगै रोप्नका लागि उचित ठाउँको समेत खोजी भइरहेको सेनाले जनाएको छ।

रूख रोप्न सडक जोडिएका स्थानीय सरकारसँग कुरा भए पनि तर सार्वजनिक जग्गाको कमी देखिएको सेनाको भनाइ छ।

याे खबर फाेटाेसहित सेताेपाटीका लागि सन्जिब बगालेले लेखेका हुन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*