टिसिएन राेडका स्थानीयले सडक पेटी निर्माण अलपत्र पारेकाे भन्दै विराेध गरे

निरन्तर न्यूज
२७ मंसिर २०७६, शुक्रबार १२:१६

हेटाैँडा । सडक पेटीकाे काम अलपत्र पारिएकाे र  खाल्डा खुल्डी भई आवात जावतमा समस्या भएकाे भनद्दै मकवानपुरको हेटौंडा १० टिसिएन रोडमा सवारी संचालनमा अहिले स्थानीयले अवरोध पुर्‍याएका थिए ।

आज विहान ८ बजे देखि १० बजेसम्म सडक अवरुद्ध गरेर विराेध गरिरहेका स्थानीयवासीलाई वडा अध्यक्ष किताब सि‌‌ लामाले आइतवार उपमहानगरका प्रमुख लगायतसँग सर्वपक्षिय छलफलबाट समाधान गरिने बताएपछि अवरुद्ध सडक खाेलिएकाे स्थानीय प्रदिप कँडेलले जानकारी दिए ।

निर्माण भइरहेको सडकको निर्माण कार्य छाड्दा धुलो उड्ने, सडकका ढुंगा उछिट्टिएर पेटीमा हिड्न समेत समस्या भएको भन्दै आफूहरु संघर्षमा उत्रिनु परेको सडककाे अवस्थाका कारण समस्या भाेगेका कँडेलले जानकारी दिए ।

अख्तियारका कारण सडक निर्माण कार्य रोक्नुपरेको हेटौंडा उपमहानगरपालिकाले बताएपनि आफ्नो टोलको सडकका लागि आएको बजेट अन्तै पठाइएको भन्दै स्थानीयले विहान ८ बजेबाट सडकमा कुनै पनि सवारी साधन छिर्न दिएका थिएनन् ।

समस्या समाधान नभए साेमबारबाट फेरी आन्दाेलनमा उत्रने स्थानीयकाे भनाइ रहेकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*