वडा कार्यालयमा र स्काभेटरमा अज्ञात आगजनी

निरन्तर न्यूज
२६ मंसिर २०७६, बिहीबार १४:१४

संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिनुभयो । आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उहाँले बताउनुभयो । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ ।

आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताउनुभयो । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो । वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो । रासस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*