बोलेरो जिप दुर्घटना हुदा १२ जना घाइते ,३ जनाको अवस्था गम्भीर

निरन्तर न्यूज
२६ मंसिर २०७६, बिहीबार १३:२७

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४ सुनखानीमा बिहिबार बोलेरो जिप दुर्घटना हुँदा १२ यात्रु घाईते भएका छन् । घाईत १२ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङबेसीबाट ढोलातर्फ जाँदै गरेको बा २० च ७२५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटना भएको हो ।

घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल धादिङ लगिसकेको जनाइएको छ । गम्भीर घाइते तीनजनालाई काठमाडौं पठाउने तयारी गरिएको छ । दुर्घटनामा परी घाईते हुनेहरुमा योगेश अर्याल, राधिका अर्याल, भारत घर भएका नहिन, सुमन श्रेष्ठ, निक बहादुर बस्नेत, अम्दिन अन्सारी, भोज बहादुर अर्याल, कृष्ण माया अर्याल, राम बहादुर अर्याल, दिपक श्रेष्ठ, मेथुन रम्तेल र सरोज अर्याल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*