स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

निरन्तर न्यूज
२६ मंसिर २०७६, बिहीबार १२:००

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा बुधबार राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।

बुधबार राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भीमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन् । घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*