हात्तीको आक्रमणबाट दुईको मृत्यु

निरन्तर न्यूज
२५ मंसिर २०७६, बुधबार १२:३१

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।

घाँस दाउरा लिन महाकाली नगरपालिका–२ मा रहेको मायापुरी सामुदायिक वनमा गएको बेला हात्तीले आक्रमण गर्दा ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार घाइेतहरुमा सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद छन्। घाइतेलाई उपचारका लागि भारत लगिएको छ। दुईओटा हात्तीले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*