आजपनि सुनचाँदीको मूल्य घट्यो

निरन्तर न्यूज
२४ मंसिर २०७६, मंगलवार १२:१८

काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । सुन मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको थियो । यस्तै, चाँदी पनि मंगलबार तोलामा ५ रुपैंयाले घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*