गौरिमाले फेरि जितिन् चौथो स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताअन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन् ।
सातबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको एक सय मिटर फ्री-स्टाइमा उनले स्वर्ण जितेकी हुन् ।
९८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उनले स्वर्ण जितेकी हुन् ।
नेपालको साग इतिहासमै एकै संस्करणमा चार स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन् । उनले यसअघिका प्रतिस्पर्धामा तीन स्वर्ण जितिसकेकी छन् ।