विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ

निरन्तर न्यूज
२२ मंसिर २०७६, आईतवार १३:४५

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपका मेचीनगर इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव सूमहका झापा जिल्ला सदसस्यसमेत रहेका याम कुमार गिरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएकव टोलीले शुक्रबार बेलुका तिनकुनेबाट पक्राउ गरेको जनाइएको छ ।

उनलाई भदौ २३ गते झापाको बिर्तामोडस्थित एक सहकारीमा बम विस्फोट गराएको आरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*