‘स्थानीय तहदेखि बालुवाटारसम्मको भ्रष्टाचारमा कांग्रेस बोल्छ’

निरन्तर न्यूज
२० मंसिर २०७६, शुक्रबार १६:१४

बालुवाटारसम्म हुने भ्रष्टाचारमा कांग्रेसले आवाज उठाउने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले कागेश्वरी मनहरा नगरपालिकामा भएको अनियमितताविरुद्ध आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “कांग्रेसले स्थानीय तहमा भएको भ्रष्टाचार,अनियमितताबारे पनि बोल्छ । बालुवाटारमा भएको भ्रष्टाचारमा पनि बोल्छ ।”

नेता शर्माले कम्युनिष्ट पार्टीले चलाइरहेका स्थानीय तहमा सुशासन नभएको भन्दै कांग्रेसले अब देशैभर स्थानीय तहमा भएका भ्रष्टाचारको भण्डाफोर गर्ने बताए ।

नेता शर्माले कम्युनिष्टले जितेका स्थानीय तहमा करको दर बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै आलोचना पनि गरे । “कागेश्वरी मनोहरा नगरपालिकाले शुरुवात गरेको छ । ७५३ स्थानीय तहमै कांग्रेस भ्रष्टाचारविरुद्दको अभियान लिएर जाँदैछ,” उनले भने ।

प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले जनताले कांग्रेसले संसदमा खेलेको शालिन भूमिकाको अनुमोदन गरेको बताए । कांग्रेसले शान्तिपूर्ण रुपमै आफ्ना विरोधका कार्यक्रम गर्ने पनि बताए ।

कागेश्वरी मनोहरा नगरपालिकामा १० करोडको बालुवा ठेक्का लगाउँदा ३ करोड अनियमितता भएको भन्दै कांग्रेसले मेयरविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको छ । काठमाडौं क्षेत्र नम्बर २ का सभापति उपेन्द्र कार्कीको सभापतित्वमा आज थलीमा विरोध सभा भएको हो । कार्यक्रममा कांग्रेस नेता एवं सांसद भीमसेनदास प्रधान र काठमाडौं सभापति सबुज बानियाँ पनि उपस्थित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*