सुनको मूल्य घट्यो,चाँदीको मूल्य स्थिर

निरन्तर न्यूज
२० मंसिर २०७६, शुक्रबार १२:२८

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँ तोकिएको छ। बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला ८ सय ५० मा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*