विप्लव समूहका सचिव पक्राउ

निरन्तर न्यूज
१९ मंसिर २०७६, बिहीबार ११:४०

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा संघ बाग्लुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बाग्लुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। सुनारको साथबाट विप्लव समूहका पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए।

प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ।’

सोनार गलकोट नगरपालिका-४ भयरखर्कका बासिन्दा भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*