आज सुनचाँदीको भाउ बढ्यो

निरन्तर न्यूज
१८ मंसिर २०७६, बुधबार १२:२२

काठमाडौं । सुनको भाउ एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको छ । बुधबार छापावाल सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सय रुपैयाँले बढेर ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*