सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु ,१५ जना घाइते

निरन्तर न्यूज
१८ मंसिर २०७६, बुधबार ११:०६

काठमाडौं । महोत्तरीमा भएको पिकअप गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गढीमाई मेलाबाट फर्किरहेको अवस्थामा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.२ की सकुन्तला देवी र भारत बिहारको जयनगरकी ६५ वर्षीया वर्षनिया महतो रहेको छन् ।

घाइतेहरुको उपचार भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*