टिपरको ठक्करबाट ४ वर्षिया बालिकाको घटनास्थलमै मृत्यु

निरन्तर न्यूज
१७ मंसिर २०७६, मंगलवार १४:४८

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान साढे ८ बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठ क्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । ठक्कर दिने टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*