छोराछोरीको हत्यापछि दुई पत्नीसहित उनले पनि गरे आत्महत्या

निरन्तर न्यूज
१७ मंसिर २०७६, मंगलवार १२:४०

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीसँग जोडिएको गाजियावादको इन्दिरापुरम भन्ने स्थानमा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरे । सन्तानको हत्यापछि दुई पत्नीसहित उनले पनि आत्महत्या गरेका छन् ।

‘दुई सन्तानको हत्यापछि भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या गरेकोु भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

मंगलबार बिहान भएको घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार दम्पत्तीले सुरुमा १४ वर्षीय छोरा (रितिक) सुतिरहेको बेलामा घाँटी थिचेर हत्या गरेका थिए । छोराको हत्यापछि उनीहरुले छोरी (रितिका)को पनि हत्या गरेका थिए ।

प्रहरीले उक्त फ्ल्याटमा सुइसाइड नोटका साथ ५०० रुपैयाँ पनि फेला पारेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसनर कोठाको भित्तामा केही ‘बाउन्स चेक’ पनि टाँसिएका थिए ।

आर्थिक संकटका कारण यो घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*