मकवानपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई जना घाइते

निरन्तर न्यूज
१७ मंसिर २०७६, मंगलवार ११:४४

हेटौंडा। मकवानपुरको बाग्मती गाउँपालिमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्।

धरान चतरा सडक खण्ड अन्तर्गत गाउँपालिका ५ लिलावनमा सोमबार राति भोर्लेनिबाट झुरझुरे आउँदै गरेको ना १ ह ६३१७ नम्बरको अटो उकालोमा ब्याक भएर दुर्घटना हुँदा अटोमा सवार बाग्मती गाउँपालिका ४ बस्ने ४२ वर्षीया काउलिमाया रुम्बाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाग्मती ५ लालभित्ता बस्ने १८ वर्षीया श्रीमाया घिसिङ र सोही स्थान बस्ने १२ वर्षीया मसलिमाया घिसिङ घाइते भएको प्रहरीले जनाएको छ।

 

घाइतेलाई उपचारका लागि हेटौंडा ल्याइएको र अटोको चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*