धरानमा पहिलोपटक कांग्रेस विजयी
इटहरी । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा पहिलोपटक कांग्रेस उम्मेदवार विजयी भएका छन्।
२०४८ पछिका सबै स्थानीय तह निर्वाचनमा वामपन्थी दलले जित्दै आएको धरानमा यसपटक कांग्रेस उम्मेदवार तिलक राई नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले जितेका हुन्।
तिलक २६ हजार ७०९ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ १४ मत ल्याएका छन्।
काङ्ग्रेस उम्मेदवार तिलक २०७४ असार १४ को स्थानीय चुनावमा भने तत्कालीन नेकपा उमेदवार तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए।
२० हजार ९ सय ७५ मत ल्याएर तारा सुब्बा विजयी हुँदा तिलक राईको मत १६ हजार १ सय २ मात्रै आएको थियो। ताराको निधन भएपछि धरानमा उपनिर्वाचन भएको हो ।