कास्की-२ मा साढे ८ हजार मतले विद्या भट्टराई निर्वाचित
काठमाडौँ । कास्की २ प्रतिनिधिसभा सदस्यमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेल पराजित गर्दै भण्डारी विजयी बनेकी हुन् ।
भण्डारीले ८ हजार ४ सय ०३ मतान्तरले चुनाव जितेकी छन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी पौडेलले १५ हजार ९९१ मत पाएका छन् । यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।