एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु

निरन्तर न्यूज
१५ मंसिर २०७६, आईतवार ०७:३८

एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए।

जिल्ला प्रहरी कार्यालय,सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटना लौकी नजिकै भएको हो।

शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो।

घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ। उनले दुबै साचारीसाधन ७०-८० किमीप्रतिघण्टाको गतिमा हुनुपर्ने बताए।

उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो।

उनले मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए।

एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो।

मृतकहरूको पूरा परिचय खुलीनसकेको प्रवक्ता शर्माको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*