कास्की–२ मा विद्याको अग्रता
काठमाडौं । उपनिर्वाचन अन्तर्गत बहुप्रतिक्षित कास्की क्षेत्र नं २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सुरुवाती अग्रता कायम गरेको छ ।
उत्त क्षेत्रको निर्वाचनमा ६ हजार मत गणना भएकामा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले कांग्रेस उम्मेदवारलाई एक हजारभन्दा बढी मतले पछि पारेकी छिन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार सूर्यमा ३२७६ मत खसेको छ । त्यस्तै रुखमा २११५ मत खसेको छ ।
सोही क्षेत्रमा गाईमा ४७, कलम १, करुवा ७, शंख ४, हात ३५, तराजु ३१ र हलोमा ६ मत खसेको छ ।