अपडेटः बस दुर्घटनामा, १२ जनाको मृत्यु

निरन्तर न्यूज
११ मंसिर २०७६, बुधबार १७:३०

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ । घटनामा अन्य केही यात्रु घाइते भएका छन् ।

लु २ ख २१४८ नम्वरको बस नरपानी भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस सन्धिखर्कबाट बुटवल जाँदै थियो । दुर्घटनामा परेको बस पुर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*