आज सुनको भाउ स्थिर,चाँदीको भाउ बढ्यो

निरन्तर न्यूज
११ मंसिर २०७६, बुधबार ११:३६

नेपाली बजारमा बुधवार सुनको भाउ स्थिर रहेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

बुधवार तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन मंगलवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बुधवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी मंगलवार भने प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*