प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न

निरन्तर न्यूज
१० मंसिर २०७६, मंगलवार १२:५७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएको थियो ।

त्यसपछि डाक्टरहरुले लगत्तै शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओलीलाई पूर्णरुपमा बेहोस बनाएर शल्यक्रिया गरिएको हो । केही बेरमा उनलाई अप्रेशन थिएटरबाट बाहिर निकाल्ने तयारी छ ।

प्रधानमन्त्री ओलीको शल्यक्रियामा डा।दीव्या सिंह शाह र रमेश सिंहसहितको टोली सहभागी भएको जनाइएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकेको छ । ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*