आज सुनचाँदीको मूल्य घट्यो

निरन्तर न्यूज
१० मंसिर २०७६, मंगलवार १२:३९

काठमाडौं ।  सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ४ सयले घटेर ७१ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*