प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस,अपरेसन गरिँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । मंगलबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएकाले अपरेसनको तयारी गरेको अस्पतालले जनाएको छ ।
१२ वर्षअघि प्रत्यारोपण गराएको प्रधानमन्त्री ओलीको मिर्गौलामा पछिल्लो समय समस्या देखिन थालेको छ । प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा प्लाज्मा फेरेसिस् गरिएको थियो । केहिदिन अघिदेखि ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भएको छ । अस्पतालले उनको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।