प्रधानमन्त्री ओलीले बढी माया गरेको भन्दै उपेन्द्र यादव सिंहदरवार पुगे
काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सोमबार सिंहदबारमा पुगेर उनले कानुन मन्त्रालयको पदभार ग्रहण गर्नु गरेका हुन् । त्यस अवसरमा उनले आफूलाई प्रधानमन्त्रीले अलि बढी नै माया गरेर कानुन मन्त्रालयमा पठाएको प्रतिक्रिया दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
त्यही जिम्मेवारी ग्रहण गर्दै उनले त्यसलाई आफूले सामान्य रुपमा लिएको बताए । प्रधानमन्त्रीले तपाईँसँग परामर्शसमेत नगरी मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नु भो नि रु भन्ने सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्रीले यस विषयमा परामर्श गरिराख्नु नपर्ने पनि स्मरण गराए ।
‘परामर्श गरिराख्नु पर्दैन, कानुनमन्त्री यादवले भने, ‘यो सामान्य कुरा हो, प्रधानमन्त्रीको विशेषाधिकारको कुरा हो ।’ प्रधानमन्त्रीले आफूलाई अझ बढी अनुभवी होस्, धेरै मन्त्रालको अनुवभव होस् भनेर अलि बढी नै माया गरेर त्यस मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्ने पनि मन्त्री यादवको भनाइ छ । यसैबीच, उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यादवले अझै राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले कुनै पनि समस्या आफूसँग निशंकोच राख्न पनि मातहतका सबै कर्मचारीलाई सचेत गराए । मन्त्रालयमा काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफू कहाँ आउँदा उपयुक्त हुने उनको भनाइ थियो । उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी कानुन संशोधनको काममा आफूले ध्यान केन्द्रित गर्ने पनि बताए । यता उपेन्द्र यादवको अभिव्यक्ति सुनेर बाबुराम भट्टराई भने छक्क परेका छन् ।
समाजवादी पार्टीको संघीय परिषद बैठकमा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने अडान राखेका थिए । तर, पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भने कुनैपनि हालतमा सरकारबाट नबाहिरिने बताएपछि आज पदभार समेत ग्रहण गरे । बाबुराम भट्टराई पार्टीभित्र अल्पमतमा परे। संघीय सरकार छोडने र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा नेपाल०सँग एकीकरण गर्ने भट्टराईको प्रस्ताव पार्टीमा सुनुवाइ नै भएन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको संघीय सरकार छोड्ने प्रस्ताव अर्का अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेपछि उनी अल्पमतमा परेका हुन् । गत बिहीबार सम्पन्न संघीय परिषद्को बैठकमा डा। भट्टराईले ‘समाजवादी पार्टी निर्माण र अगामी कार्यभार’ विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सरकार छोडने कि नछोड्ने भन्ने निर्णय पार्टीको केन्द्रीय समिति बैठकले गर्ने उल्लेख गरेका थिए ।
तर, शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले उनको प्रस्ताव अस्वीकार गर्दै तत्काल संघीय सरकार नछोड्ने निर्णय ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका अर्का अध्यक्ष यादवले अहिलेकै अवस्थामा सरकार छोड्न नहुने भन्दै सरकारमा रहिरहने प्रस्ताव बैठकबाट गराए ।
संघीय परिषद्को बैठक परिषद्का अध्यक्ष डा। भट्टराईको अध्यक्षतामा बसेको थियो भने केन्द्रीय समितिको बैठक केन्द्रीय समितिका अध्यक्ष यादवको अध्यक्षतामा बसेको बस्यो । संघीय परिषद्को बैठकमा भट्टराईले सरकार छोड्ने प्रस्ताव पेस गरेपछि यादवले केन्द्रीय समिति बैठक बस्नुअघि आफू निकटका नेतालाई भेला गरी भट्टराईको प्रस्ताव पारित हुन नदिन भन्दै सोहीअनुसार लाग्न निर्देशन दिएका थिए ।
तत्कालीन नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष भट्टराईले तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गर्दैगर्दा समाजवादीले सरकार छोडनुपर्ने सर्त राखेका थिए । त्यतिकै बेला पार्टी एकीकरणपश्चात् बस्ने केन्द्रीय समिति बैठकको निर्णय गरेर सरकार छोड्ने सहमति भएको थियो । तर, पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी संघीय सरकारमै बस्ने निष्कर्ष निकाल्दै तत्काल सरकार नछोड्ने निर्णय ग¥यो ।