‘पैसा खर्च गरेर चुनाव जित्ने परिपाटीको अन्त्य हुनुपर्छ’

निरन्तर न्यूज
९ मंसिर २०७६, सोमबार १४:१५

काठमाडौँ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अवौं भ्रष्टाचार गर्दा पनि पोखराका सुकुम्बासीको समस्या समाधान गर्न नसकेको भन्दै कटाक्ष गरेका छन् । पैसा खर्च गरेर चुनाव जित्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए ।

‘ठेक्कापट्टा गर्नेहरु, कमिशन खोरहरु र रातारात भ्रष्टाचार गरेर धनी हुनेहरुले मात्रै चुनाव जित्ने जुन अवस्था बन्यो । त्यसको विकल्पमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र सबै जाति क्षेत्र समुदायको समानुपातिक प्रतिनिधित्व हुने संसदले राजनीतिक स्थिरता र दीगो विकासको आधार तयार गर्छ भन्यौं । तर यो संंविधानमा समेटिएन,’

उनले भने, ‘यस्ता त्रुटीहरु संविधानमा भएकै कारण विभिन्न दलमा भएका मान्छेहरुले बाँकी कामलाई पूरा गर्दै शासकीय स्वरुपलाई परिवर्तन गर्ने, पहिचान सहितको संघीयता स्थापित गर्ने र लोकतन्त्रलाई पूर्णता दिन समाजवादी धार अघि सारेका हौं ।’ काँग्रेस र एमालेलाई पटक पटक ब्यहोर्दा पनि परिवर्तन नभएका कारण आफुहरु विकल्पमा अघि सरेको उनको तर्क छ ।

उनले नेकपा केही ठूलो जस्तो लागेपनि त्यो भ्रम मात्रै भएको टिप्पणी गरे । ‘गत निर्वाचनमा चरम राष्ट्रवादको नारा दिएर केपी ओलीको नेतृत्वमा नेकपा अगाडी आयो । मेरै मित्र प्रचण्ड जनयुद्धसँग थाकेर एमालेको चौतारीमा भारी बिसाउन जानुभो,’ उनले भने, ‘यसले केही ठूलो शक्ति जस्तो देखिन पुग्यो । जनताले त्यही भएर नेकपा डवललाई मत दिनुभो । तर दुई वर्षसम्म यो सरकारले केही दिन सकेन । त्यसैले अव भ्रममा नपर्नुस् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*