गाउँपालिकाले भतेरसहित सामूहिक विवाह गरिदिने

निरन्तर न्यूज
९ मंसिर २०७६, सोमबार ११:१८

काठमाडौँ । यो महिना अर्थात मंसिरलाई विवाहको महिनाका रुपमा पनि लिइन्छ । धेरै जोडी यहि महिना वैवाहिक जीवनमा जोडिन्छन् । तर विवाह पछिल्लो समय खर्चको ठूलो कारण बन्ने गरेको छ।

विवाहका लागि लिएको ऋण तिर्न धेरै वर्ष लाग्ने गरेका उदहारणहरु छन् । विपन्न परिवारमा विवाहका लागि खर्चको जोहो गर्न झन समस्या हुने गरेको छ । यहि कुरालाई मध्यनजर गरेर सुनसरीको कोशी गाउँपालिकाले विपन्न परिवारका युवाहरुको सामूहिक विवाह गराउने भएको छ ।

मंसिरको अन्तिम हप्ता पारिवारिक परम्परा अनुसार विपन्न परिवारका विवाह योग्य युवा–युवतीको समूहिक विवाह गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताएका छन् । गाउँपालिकाको चौथो गाउँसभाले सामूहिक विवाह कार्यक्रमलाई स्वीकृत गरेको हो ।

अहिले विवाहका लागि आवेदन माग गर्दै गाउँपालिकाले सूचना जारी गरेको छ । मंसिर १७ गते भित्र विवाह गर्न इच्छुक व्यक्ति तथा अभिभावकले आफ्नो वडा कार्यालय वा गाउँपालिकाको सामािजक विकास शाखामा नाम दर्ता गराउन सक्ने गाउँपालिकाले जनाएको छ ।

हरेक परिवारको परम्परागत विधि विधानअनुसार जोडीको विवाह गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । बेहुला–बेहुलीको लत्ता कपडासँगै भोज–भतेरसहित सम्पूर्ण व्यवस्थापन गाउँपालिकालले नै गर्नेसूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*