महाबौद्ध गुम्बा तीनखोलेमा मूर्ति चोरी

निरन्तर न्यूज
८ मंसिर २०७६, आईतवार १२:०७

चितवन । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा मूर्ति चोरी भएको छ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए ।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । दानपेटिकामा लाखौँ रुपैयाँ रहेको उनले बताए । आइतबार (आज) बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*