महरा प्रकरण कैफियत कागजात झिकाउन उच्च अदालतको आदेश

निरन्तर न्यूज
६ मंसिर २०७६, शुक्रबार १५:५८

काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ ।

शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले महरालाई थुनामा पठाउनुपर्ने कारणबारे जान्न जिल्ला अदालत काठमाडौंबाट कैफियत कागजात मगाउने आदेश दिएको हो ।

आफूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिरहनुपर्ने जरुरत नभएको भन्दै महराले थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

महराको निवेदनमाथि शुक्रबार मुख्य न्यायाधीश सुवेदीले कैफियत कागजात झिकाउने आदेश दिएका हुन् ।

जिल्ला अदालतबाट घटनाको मुचुल्का, बयान लगायतका सबै कागजात आएपछि सो कागजातको अध्ययन गरी महरालाई थुनामै राख्ने वा थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने बारे उच्च अदालतले आदेश दिनेछ । उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएमा महरा थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्नेछन् । उच्च् अदालतले पनि थुनामै पठाउे जिल्लाको आदेश सदर गरेमा महरा सर्वोच्च अदालतमा पनि निवेदन दिन जान सक्नेछन् ।

महराको मुद्दा भने जिल्ला अदालत काठमाडौँमै चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*