२० हजार घुससहित मालपोत कार्यालयका नासु पक्राउ
निरन्तर न्यूज
४ मंसिर २०७६, बुधबार १६:२२
काभ्रे । सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा मालपोत कार्यालयका नासु रोसकाजी जस्पाउ पक्राउ परेका छन् । २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
११ वर्षदेखि कार्यरत जस्पाउले सेवाग्राहीसँग पटकपटक घुस लिँदै आएका गुनासो थियो ।